धारा १७८
प्रदेश सभाको सदस्यका लागि योग्यता
(१) देहायको योग्यता भएको व्यक्ति प्रदेश सभाकोे सदस्य हुन योग्य हुनेछः–
(क) नेपाली नागरिक,
(ख) सम्बन्धित प्रदेशको मतदाता रहेको,
(ग) पच्चीस वर्ष उमेर पूरा भएकोे,
(घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
(ङ) कुनै कानूनले अयोग्य नभएको, र
(च) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरण :
यस खण्डको प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।
(२) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम प्रदेश सभाको सदस्य पदमा निर्वाचित
भएमा त्यस्तो पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।